वाणगंगा ९ मा लायन्सको वृहत स्वास्थ्य शिविर सञ्चालन हुदै, आखाँ शिविरबाट हजारौँ विद्यार्थी लाभावितं

ईसाझाकुरा :  हामी सेवा गछौँ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै सामाजिक क्षेत्रमा अग्रसर लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी र लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा वृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । वाणगंगा नगरपालिका ९ स्थित शुद्धोदन मा.वि विद्यालय परिसरमा उक्त शिविर पुस २७ गते सञ्चालन हुने आयोजकले बताएको छ ।

विशेष गरी लायन्स अन्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको सम्झनामा अहिले लायन्स क्लव अफ कपिलवस्तुले विभिन्न कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष लायन्स अन्तराष्ट्रियका संस्थापक जोन्सको सम्झनामा हरेक वर्ष जोन्स सर्भिस अन्तगर्त एक हप्ता सम्म निरन्तर कार्यक्रम गर्दै आएको छ ।

२०२४ को मेल्भिन जोन्स १४५ औँ सर्भिस दिवस हो । जहाँ दुख त्यहाँ लायन्स पुग्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै लायन्स क्लव अफ कपिलवस्तु सामाजिक काममा अग्रसर बनेको हो ।
यस्तै सर्भिस सप्तहा अन्तगर्त नै वाणगंगाका विभिन्न विद्यालयमा गरेको आखाँ परिक्षणबाट एक हजार बढी विद्यार्थी लाभांवित बनेका छन् । आखाँ शिविरका लागि भैरव चस्मा पसल तथा आखाँ उपचार केन्द्रको सहकार्य रहेको थियो ।

यस्तै सर्भिस अन्तगर्त नि.शुल्क सुगर रोग परिक्षण समेत लायन्सले सम्पन्न गरेको छ । वाणगंगा ७ बनगाई स्थित प्रकृति फार्मेसीको सहयोग लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी तथा लियो क्लव अफ कपिलवस्तुको सहकार्य रहेको थियो ।

लायन्स क्लव अफ कपिलवस्तुको आयोजनामा सञ्चालित मेल्भिन जोन्स सर्भिस सप्तहामा लायन्स क्लव अफ कपिलवस्तु दिदि बहिनी, लियो क्लव अफ कपिलवस्तुको समेत साथ रहदै आएको छ ।

प्रतिक्रिया

खबर सबै