

कोरोनाका कारण दाङमा एक पुरुषको मृत्यु



कार्तिक ७ दाङ
दाङ । दाङको लमहीका एक ५५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।लमही नगरपालिका ५ का ती व्यक्तिको नेपालगन्ज मेडिकल कलेज अस्पताल कोहलपुरको कोरोना युनिटमा उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको बिहीबार बेलुका मृत्यु भएको थियो । कोरोना संक्रमन पुष्टि भएपपछि उनी असोज २७ गते अस्पताल भर्ना भएका थिए । सम्भव भएसम्मका सबै विधि अपनाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
उनी लामो समयदेखि उच्चरक्तचाप र मधुमेह रोगबाट पीडित थिए । योसँगै बाँकेमा हालसम्म ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न जिल्लाबाट उपचारका लागि बाँके लगिएका १६ जना र बाँके जिल्लाकै २९ जनाको मृत्यु भएको हो ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया