

कपिलवस्तुमा वन रक्षकको फन्दामा सिकारी, बाणगंगाका एकजना पक्राउ



कपिलवस्तु । कपिलवस्तुको तिलौराकोट साझेदारी वन क्षेत्रबाट एक सिकारी पक्राउ परेका छन् । वनमा भरुवा बन्दुक सहित सिकार खेल्न गएका सिकारीलाई वन रक्षकको टोलीले पक्राउ गरेको हो ।
सब वन डिभिजन कार्यालय गोरुसिङ्गेबाट गस्तीमा खटिएको वनको टोलीसँग बिहीबार दिउसो पुर्व पश्चिम राजमार्गको उत्तर पट्टीको बलुन्द्र खोलाको किनारमा समान्य झडप भएको थियो ।
साझेदारी वनको बि वान सिक्स सि वान सब कम्पाटमेन्टमा पुग्ने क्रममा गस्ती टोलीले बन्दुक पड्किएको आवाज सुनेको थियो। सो पश्चात वन गस्ति टोलीले गोरुसिंङ्गेबाट थप टोली बोलाएर शिकारी समूहलाई घेरा हालेको थियो । सो क्रममा करिब १४ जनाको समूहमा बन्दुक सहित रहेका सिकारी टोलीले रेन्जर दिलिप यादव नेतृत्वको गस्ती टोली लक्षित गरि ६र७ राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि गस्ती टोलीले सिकारीहरू तर्फ ५ राउण्ड हवाई फायर गरेपछि शिकारीहरू भागेका थिए ।
गस्ती टोलीले सोही समूहका बाणगंगा नगरपालिका वडा नम्बर ७ धैरेनीडाडा बस्ने बर्ष ३९ का जंग बहादुर परियारलाई घेरा हालेर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका परियारबाट टोलीले भरुवा बन्दुकमा लाग्ने २ राउण्ड गोली बरामद गरेको छ । नियन्त्रणमा लिएका उनलाई आवश्यक कारवाहीका लागी ईलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा बुझाईएको र उनी उपर हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलेको सव वन डिभिजन कार्यालय गोरुसिङ्गेका वन अधिकृत बसन्त थापाले जानकारी दिए । वन क्षेत्र ईलाका प्रहरी कार्यालय गोरुसिँगे क्षेत्रमा पर्ने भएकाले पक्राउ परेका व्यक्तिलाई गोरुसिँगे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने नियन्त्रणमा लिइएका व्यक्ति ईलाका प्रहरी कार्यालय पिपराको क्षेत्रका भएकाले ईलाका प्रहरी कार्यालय पिपराले पनि घटनाको अध्ययन गरिरहेको थापाले बताउनुभयो । फरार व्यक्तिहरुको खोजि भइरहेको पनि उहाँको भनाइ छ ।
पछिल्लो समय तिलौराकोट साझेदारी वन क्षेत्रमा वन संरक्षण सम्बन्धि कार्य अगाडी बढ्नुका साथै वन डढेलो घट्दा जैविक बिबिधता बढेको छ । जसका कारण वनको स्थितीमा सुधार आई वन्यजन्तुको शिकारीको जोखिम पनि बढदै गएको छ । अहिले सो साझेदारी वन क्षेत्रमा हरिण, बदेल, निलगाई, दुंसी, मयुर र बन कुखुरा बढेका छन । त्यसै गरि सो वनमा चितुवा समेत देखिने गरेको छ।
वनमा जैविक बिबिधता बढे सगै वन्यजन्तुको शिकारीको जोखिम बढेकाले गस्ती र निगरानी बढाईएको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जय प्रकाश पाण्डेयले जानकारी दिए।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया