

रुपन्देहीमा स्कूल बसले ठक्कर दिदाँ २ को मृत्यु, स्थानीयद्वारा बसमा आगजनी



बुटवल। रुपन्देहीमा स्कूल बसको ठक्करबाट २ जनाको मृत्यु भएसँगै स्थानीय आक्रोशित भीडले स्कूल बसमा आगजनी गरेका छन् ।
लुम्बिनी– ककरहवा सडक खण्ड अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज विहान भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बांकी रहेको बताए ।
सुर्यपुराको सिद्धार्थ बोर्डिंग स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ। दुर्घटनापछि जम्मा भएका स्थानीयले स्कुल बसमा आगजनी गरेका छन् ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया