

रुपन्देहीमा स्कूल बसले ठक्कर दिदाँ २ को मृत्यु, स्थानीयद्वारा बसमा आगजनी




बुटवल। रुपन्देहीमा स्कूल बसको ठक्करबाट २ जनाको मृत्यु भएसँगै स्थानीय आक्रोशित भीडले स्कूल बसमा आगजनी गरेका छन् ।
लुम्बिनी– ककरहवा सडक खण्ड अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज विहान भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बांकी रहेको बताए ।
सुर्यपुराको सिद्धार्थ बोर्डिंग स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ। दुर्घटनापछि जम्मा भएका स्थानीयले स्कुल बसमा आगजनी गरेका छन् ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया