

झुलाघाट—चिवाभञ्ज्याङ संकल्प यात्रामा रुपन्देही एमाले



रुपन्देही । नेकपा (एमाले) रूपन्देहीले झुलाघाट—चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अभियानमा जिल्ला पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले मंसिर २० गते गुल्मीको वामीटक्सारमा आयोजना हुने जनसभामा जिल्लाको पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको हो ।
एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीका अनुसार, जिल्लाभित्र रहेका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय विभागका सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, संघ, प्रदेश र जिल्ला पालिकाका जनप्रतिनिधिहरू, जनसंगठनका जिल्ला पदाधिकारी र सोभन्दा माथिका पदाधिकारी र पालिका कमिटीका पदाधिकारी जनसभामा अनिवार्य सहभागी हुने निर्णय भएको छ ।
नेपाल—भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाटमा एमाले अध्यक्ष ओलीले बिहीबार संकल्पयात्राको शुभारम्भ गरेका हुन् । पुष २ गते चिवाभञ्जाङ पुग्ने कार्यक्रम छ । यो अभियानका क्रममा ठाउँ—ठाउँमा आमसभा हुने छन् ।
त्यसैगरी, बैठकले भूकम्प प्रभावित रूकुम पश्चिमको आठबीसकोट नगरपालिका—१४ छेपारेमा अस्थायी टहरा बनाउन खटिएको रूपन्देहीको टोलीले १८ वटा अस्थायी टहरा बनाएर प्रभावित परिवारलाई हस्तान्तरण गरेकोमा धन्यवाद दिएको छ ।
बैठकमा पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टी पंक्तिलाई उत्साहका परिचालन हुन निर्देशन दिएका थिए ।


खबर सबै
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान






प्रतिक्रिया