

बाणगंगाबाट मिसावटयुक्त घिउसहित एकजना प्रहरीको नियन्त्रणमा



कपिलवस्तु । कपिलवस्तुको बाणगंगाबाट प्रहरीले मिसावटयुक्त घिउसहित एकजनालाई नियन्त्रणमा लिएको छ । वडा नम्बर १ बैरियाबाट प्रहरीले ३३ किलो मिसावटयुक्त घिउ सहित १ भारतिय नागरिकलाई पक्राउ गरेको हाे ।
मंगलबार बिहान ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको कमाण्डमा खटिएको प्रहरीको टाेलीले लामो समयदेखि मिसावटयुक्त घिउ बेच्दै आएका ३४ बर्षिय रञ्जन सहनीलाई पक्राउ गरिएको जनाएको छ।
ईलाका प्रहरी कार्यालय पिपराले मिसावटयुक्त घिउ बनाउने ठाउँबाट ३३ किलो मिसावट घिउ सहित डाल्डाका खाली ड्रम पनि बरामद गरेको बताएको छ ।
प्रहरी निरिक्षक रायमाझिका अनुसार बरामद घिउ र नियन्त्रणमा लिइएका रञ्जन सहनिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा अनुसन्धानका लागि पठाइएको छ । बरामद घिउ ल्याव परिक्षणका लागि पठाउने गरि जिम्मा लगाइएको रायमाझीले ई-साझाकुरालाई जानकारी दिनुभयाे ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया