

बाबुराम भट्टराईलाई जसपा सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी



कात्तिक ४, काठमाण्डौ
जनता समाजवादी पार्टीको सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी डाक्टर बाबुराम भट्टराईले पाउनुभएको छ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी पूर्वप्रधानमन्त्री समेत रहनुभएका डाक्टर भट्टराईलाई दिने निर्णय गरेको हो । केन्द्रीय समितिको अध्यक्षमा भने महन्थ ठाकुर र उपेन्द्र यादव रहने जसपाले जनाएको छ ।
यस्तै बैठकले डाक्टर भट्टराईले नेतृत्व गर्ने सङ्घीय परिषदप्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने विधान पनि पारित गरेको छ ।
बैठकले सङ्घीय सांसद रेशम चौधरी रिहाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ भने बाँकी निर्णयका लागि पाँच जना शीर्ष नेतालाई अधिकार दिइएको जसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
पाँच शीर्ष नेतामा डाक्टर बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो रहनुभएको छ ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया