

कपिलवस्तुको हथौसा लिटल स्टारले पायो ISA अवार्ड



कार्तिक ०४ कपिलवस्तु
कपिलवस्तु जिल्लाको ओदारीमा रहेको प्रतिष्ठित निजी विद्यालय हथौसा लिटल स्टार सेकेन्डरी बोर्डिङ स्कुलले ISA अवार्ड (अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार ) २०१९( २०२० प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलद्वारा विश्वका ३० देशहरूमा प्रत्येक वर्ष प्रदान गरिने ISA अवार्ड प्राप्तिको यात्रा स्कुलको प्रास्तवना स्वीकृत भएसँगै गत वर्षदेखि सुरु भएको थियो । उक्त यात्रा अन्तरगत स्कुलले विभिन्न ८ ओटा विषयमा प्रोजेक्ट कार्य गरेको स्कुलका ISA संयोजक होतराज खनालले जानकारी दिनुभयो ।
यस वर्ष देशभरका ३७५ विद्यालयले प्रास्तवना स्वीकृति सँगै क्ष्क्ब् यात्रा सुरु गरेका थिए । ति मध्ये कपिलवस्तु जिल्लाबाट लिटल स्टार विद्यालयले मात्रै यो अवार्ड प्राप्त गर्न सफल भएको हो । यो अवार्ड शिक्षणको क्षेत्रमा अन्तर्राष्ट्रिय आयाम प्रदान गर्दै दिगो विकासका लक्ष्य प्राप्ति सँगै पाठ्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा दक्ष बनाउने उद्देश्यले प्रदान गर्ने गरीन्छ । स्कुलमा रहेका ८ ओटा प्रोजेक्टहरु स्कुलका विद्यार्थी, अभिभावक ,समुदाय , विभिन्न संघसंस्था तथा शिक्षकको सहभागितामा सम्पन्न गरिएको हो ।
यो महत्त्वपूर्ण उपलब्धि हाँसिल गर्न अहोरात्र खट्नुहुने यस विद्यालयका ISA संयोजक खनाल,सहित Project Cordinators श्रीप्रसाद पोख्रेल,रमेश पौडेल,सुरज ज्ञवाली,नारायण गैरे,त्रन्जु थारु,दिनकर मिश्रा,प्रकाश चौधरी साथै शम्भुप्रसाद चौधरी,रविन्द्र पौडेल,रेशौँराज खनाल त्यसैगरी School Ambessador- इवराज तिवारी,British Council Nepal प्रदेश सांसद विष्णु पन्थी ,बाणगंगा नगरपालिका,शिक्षा विकास तथा समन्वय इकाइ,पार्टनर स्कुलहरु,बानपा वार्ड नं.११,विद्यालय सञ्चालक समिति,विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारी,अभिभावक,पत्रकार लगायत सम्पूर्ण शुभचिन्तक वर्गलाई विद्यालयका प्रिन्सिपल सुन्दर पाण्डेले हार्दिक आभार प्रकट गर्नुभएको छ । यस उपलब्धिले आफूहरू शिक्षाको क्षेत्रमा काम गर्न थप उत्साहित भएको र आगामी दिनहरुमा समेत सबैको सकारात्मक सल्लाह,सुझाव र सहयोगको अपेक्षा राखेको पाण्डेले बताउनुभयो ।।


खबर सबै
-
रास्वपा कपिलवस्तुकाे अधिवेशन :केन्द्रबाटै सांसद र नेताहरुलाई दिइयाे जिम्मेवारी
-
बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु











प्रतिक्रिया