

निर्यात सुरुवातको तीन वर्षमा ५ मुलुकमा पुग्यो नेपाली घिउ



काठमाडौं
आर्थिक वर्ष २०७७/७८ सालमा नेपालले जापानमा ४७ लाख ४ हजार २२ रुपैयाँको नेपाली घिउ निर्यात गर्यो । नेपाल दूग्ध विकास संस्थानले उत्पादन गरेको घिउ एक निजी कम्पनीले खरिद गरेर जापानमा निर्यात सुरु गरेको थियो ।
नेपालबाट पहिलो पटक सरकारी संस्थानमा उत्पादन भएको घिउ जापान निर्यात सुरु भएपछि यसले नेपाली घिउ निर्यातमा नेपालको सम्भावनालाई उजागर गर्यो । यही सम्भावनालाई टेकेर निजी क्षेत्रबाट घिउको निर्यात पहल थप बिस्तार हुँदा निर्यात सुरुआतको ३ वर्षमै नेपाली घिउ ५ वटा मुलुकमा निर्यात भएको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत ३ आर्थिक वर्षमा नेपालले ४ करोड २६ लाख ७६ हजार ७४ रुपैयाँको घिउ निर्यात गरेको छ ।
आर्थिक वर्ष ०७७/७८ मा नेपालले जापानमा ४७ लाख ४ हजार २२ रुपैयाँको घिउ बिक्री गरेको केन्द्रको तथ्याङ्क छ । यस्तै, आर्थिक वर्ष ०७८/७९ मा एक करोड ९३ लाख ५२ हजार १०६ रुपैयाँको घिउ जापान, क्यानडा, भारत र हङकङमा निर्यात भएको छ । जसमा एक करोड ८७ लाख रुपैयाँको घिउ जापान मात्र निर्यात भएको थियो । क्यानाडामा सो वर्ष १ लाख ९० हजार रुपैयाँको घिउ निर्यात भयो भने भारतमा ३ लाख ९१ हजार रुपैयाँ र हङकङमा ६६५ रुपैयाँको घिउ निर्यात भएको थियो ।
यस्तै, गत आर्थिक वर्ष एक करोड ८६ लाख १९ हजार ९४६ रुपैयाँको १६ हजार ६७० किलो घिउ जापान र अष्ट्रेलिया निर्यात भएको छ । वर्षभरी जापानमा एक करोड ६० लाख ४८ हजार ६७२ रुपैयाँको घिउ निर्यात हुँदा अष्ट्रेलियामा नेपालबाट २५ लाख ७१ हजार २७४ रुपैयाँको घिउ निर्यात भएको केन्द्रले जनाएको छ ।
नेपालबाट निर्यात हुने घिउकोे उत्पादन कम्पनी नेपाल दुग्ध विकास संस्थान (डीडीसी)का अनुसार अहिले मासिक ५ हजार लिटर घिउ नेपालबाट निर्यात भइरहेको छ ।
चालु आर्थिक वर्षको भदौसम्म नेपालले ५९ लाख ३२ हजार रुपैयाँ बराबरको ६ हजार ६१६ किलो घिउ निर्यात गरेको छ । जसमा भारततर्फ ५५लाख ७४ हजार रुपैयाँको ५ हजार किलो घिउ निर्यात भएको छ । यस अवधिमा अष्ट्रेलियामा ३ लाख ५७ हजार रुपैयाँको एक हजार ६१६ किलो घिउ निर्यात भएको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया