दुई महिनामा नेपालीले पिए डेढ अर्बको सफ्ट ड्रिंक

काठमाडौं :

आर्थिक वर्ष २०८०/०८१ को दुई महिना (साउन र भदौ)मा नेपालमा १ अर्ब ५२ करोड रुपैयाँको नन अल्कोहलिक सफ्ट ड्रिंक आयात भएको छ ।

यसबाट सरकारले ६० करोड राजस्व संकलन गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार दुई महिनामा १४ लाख ११ हजार किलोग्राम सफ्ट ड्रिंक आयात भएको हो ।

गत वर्ष अर्थात् आर्थिक वर्ष २०७९/०८० मा नेपालमा ७ अर्ब ३९ करोड रुपैयाँ बराबरको १ करोड ११ लाख ७० हजार किलोग्राम सफ्ट ड्रिंक आयात भएको छ । यसबाट सरकारले २ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया

खबर सबै