

पाल्पा दुर्घटनामा मृत्यु हुने सबै एकै परिवारका



पाल्पा
आइतबार साँझ पाल्पामा भएको कार दुर्घटनामा ज्यान गुमाउनै सबै एकै परिवारका भएको खुलेको छ।
मृत्यु हुनेमा नवलपरासी पूर्व देवचुली–१६ रजहरका ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी पत्नी ५६ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना घिताल, नातीहरु ११ वर्षीय सोबिस धिताल, र सबिनाका अर्का अढाई वर्षीय छोरा रहेका छन्।
त्यसैगरी कृष्णबहादुरका आफन्त लमजुङ वेसीसहर २ भकुण्डेकी ५५ वर्षकी चुना धितालको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।
दुर्घटनामा कृष्णबहादुरका छोरा ३६ वर्षीय ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन्। उनी जिपका चालक हुन्। उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको कारमा सवार उनीहरु पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गर्दा दुर्घटनामा परेका इन्सपेक्टर चन्दले जानकारी दिए। उनीहरु सबैको घटना स्थलमै मृत्यु भएको हो। दसैँको बेला रानीमहल घुम्न गएको बेला उनीहरु दुर्घटनामा परेका हुन्।
तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट कार १ सय मिटर तल खसेको थियो। दुर्घटना भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट गएको प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा नेतृत्वको टोली, सशस्त्र र नेपाली सेनाले संयुक्त रुपमा मृतक र घाइतेको उद्धार गरेको थियो।
जिप उकालो सडकमा पछाडि हटेर दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया