

मुटुको गम्भिर रोगले ग्रसित कपिलवस्तुका सुनार रकम अभावमा उपचारविहिन





रामबहादुर गन्धर्व, कपिलवस्तु । कपिलवस्तुका ३३ वर्षीय लिल बहादुर सुनार विगत लामो समय देखि मुटु सम्बन्धी गम्भिर प्रकृतिको रोगले ग्रसित छन् । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर १ का सुनारको मुटुको भल्व नै फेर्नुपर्ने चिकित्सकले बताएसँगै सुनार परिवारमा अहिले ठूलो खर्च जोहो गर्न नसक्दा रोग पालेर जीवन मरणको दैनिकी गुजारीरहेका छन ।
पारिवारिक आर्र्थिक अवस्था निकै कमजोर रहेका सुनारले अहिले आफ्नो उपचार खर्च व्यवस्थापनका लागि विभिन्न निकाय र क्षेत्रमा याचना गरिरहेका छन् । उनी भन्छन्, खर्च धेरै लाग्ने भयो । परिवारको आम्दानी छैन । बिहान साँझको खर्च पनि मजदुरी गरि पुरा गर्ने गरीएको छ । उपचारका लागि सहयोग पाए राम्रो हुने थियो ।
बुवा धनबाहादुर र आमा विष्णी सुनारका जेठा सन्तानका रुपमा रहेका लिलबहादुरको उपचारका लागि परिवारले अहिले सम्म लाखौँ रकम खर्च गरिसकेका छन् । तर रोग निको नभएपछि अन्तमा चिकित्सकले मुटुको भल्व फेर्नुपर्ने बताए । उक्त उपचारका लागि झण्डै ६ लाख अनुमानित खर्च लाग्ने भएपछि परिवारलाई उक्त रकम जुटाउने चिन्ताले पिरोलिरहेको छ । केहि क्षेत्रबाट सामान्य सहयोग जुटेको भएता पनि अवाश्यक ठूलो धनराशी जुटाउन यो परिवार भौतारिरहेका छन् । लिलबहादुरका श्रीमतिसहित एक छ वर्षीय छोरी छिन् ।
चार सन्तान मध्येका जेठो सन्तान लिलबहादुर बिरामी भएपछि उनको परिवारलाई अहिले दैनिक खर्च चलाउन समेत मुस्किल छ । धनबहादुरका कान्छो छोरा रोजगारीका शिलशिलामा भारतमा रहे पनि हाल उनी परिवारसँग सम्पर्कविहिन छन् । छोरो भारत गएको तर अहिले सम्पर्कविहिन रहेको बुवा धनबहादुरले बताए । यस्तै उनले दुईवटी छोरीहरु विवाह गरी आ आफ्ना घरमा रहेका र अहिले परिवारमा जेठो छोरामा मात्रै आफुहरुको साथमा रहेको बताए । साथमा भएको छोरालाई पनि गम्भिर रोगले छोएपछि सुनार परिवार थप पिडामा छन ।
लिलबहादुरको हाल गंगालाल मुटु अस्पताल काठमाडौँमा उपचार गराइएको छ । परिवारले आफूसँगको सबै रकम उपचारमा सकिएसँगै शल्यक्रियाका लागि आवश्यक रकम जुटाउन नसक्दा रोग पालेर बाँच्नुपरेको छ । उनले सहयोगको अपिल समेत गरेका छन् ।



खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया