

दोस्रो मोतिपुर फुलबारी कपमा पहिलो चरणका खेल सकिए

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ७ मोतिपुरमा जारी दोस्रो फुलबारी कप फुटबलमा आज देखि पहिलो चरणका खेल सकिएका छन् ।
आज भएको पहिलो राउण्डको अन्तिम खेलमा गौतमबुद्ध सामाजिक विकास केन्द्र रुपन्देहीलाई ३–२ गोलले हराउँदै जागृति युथ क्लव चन्द्रौटा कपिलवस्तु विजयी भएको छ ।
अब भोलि देखि दोस्रो राण्डका खेलहरु सुरु हुने भएका छन् । दोस्रो राउण्डको पहिलो खेल बाणगंगा स्पोर्टश एण्ड वेलफेर र एपीएफ चन्द्रौटाबिच हुने मोतिपुर प्रगतिशिल युवा क्लवका अध्यक्ष शंकरप्रसाद न्यौपानेले जानकारी दिएका छन् । यस्तै न्यौपानेका अनुसार भोली दोस्रो खेल एसएस वाई सि चौवाह र पारिजात पब्लिक स्कूल गोरुसिँगे बिच हुने छ ।
असोज २० देखि जारी प्रतियोगितामा १६ टिम दर्ता भएका थिए । प्रतियोगिताको फाइनल असोज ३० गते हुने छ ।


खबर सबै
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया