

दोस्रो मोतिपुर फुलबारी कप : पारिजात पब्लिक स्कूल गोरुसिँगे र लव नेपाल पिपरा बिजयी





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरमा जारी दोस्रो फुलबारी कप फुटबलको सोमबार सम्पन्न पहिलो खेलमा पारिजात पब्लिक स्कुल गोरुसिँगेले जित निकालेको छ ।
शान्तिदिप युवा क्लवसँगको खेलमा निर्धारित समयमा दुबै टिमबाट १–१ गोलको बराबरी पछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा शान्तिदिप बिरुद्ध पारिजात गोरुसिँगेले ४–२ को जित निकालेको हो ।
यस्तै मोतिपुर फुलबारी मैदानमा भएको आजको दोस्रो खेलमा लव नेपाल पिपरा विजयी भएको छ । युनाइटेड फुटबल क्लव पडरियासँगको खेलमा पिपराले ३–० गोल अन्तरले जित हात पारेको हो ।
मोतिपुर प्रगतिशिल युवा क्लवको आयोजनामा शनिबार देखि सुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका १६ वटा टिम सहभागि छन । उक्त प्रतियोगिताको विजेताले नगद ८१ हजार १ सय ११ रुपँैयासहित गोल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ भने प्रतियोगिताको द्धितीय बिजेताले ३५ हजार १ सय ११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया