दोस्रो मोतिपुर फुलबारी कप : पारिजात पब्लिक स्कूल गोरुसिँगे र लव नेपाल पिपरा बिजयी

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरमा जारी दोस्रो फुलबारी कप फुटबलको सोमबार सम्पन्न पहिलो खेलमा पारिजात पब्लिक स्कुल गोरुसिँगेले जित निकालेको छ ।

शान्तिदिप युवा क्लवसँगको खेलमा निर्धारित समयमा दुबै टिमबाट १–१ गोलको बराबरी पछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा शान्तिदिप बिरुद्ध पारिजात गोरुसिँगेले ४–२ को जित निकालेको हो ।

यस्तै मोतिपुर फुलबारी मैदानमा भएको आजको दोस्रो खेलमा लव नेपाल पिपरा विजयी भएको छ । युनाइटेड फुटबल क्लव पडरियासँगको खेलमा पिपराले ३–० गोल अन्तरले जित हात पारेको हो ।

मोतिपुर प्रगतिशिल युवा क्लवको आयोजनामा शनिबार देखि सुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका १६ वटा टिम सहभागि छन । उक्त प्रतियोगिताको विजेताले नगद ८१ हजार १ सय ११ रुपँैयासहित गोल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ भने प्रतियोगिताको द्धितीय बिजेताले ३५ हजार १ सय ११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै