इ.स्कुटरका लागि उत्कृष्ट रोजाई बन्दै गुराँस ट्रेड

कपिलवस्तु

पछिल्लो समय बढ्दो पेट्रोलियम पदार्थको बिकल्प बनेका छन् विद्युतीय गाडी र त्यही विद्युतीय गाडीको एउटा भाग हो इलेक्ट्रिक स्कुटर ।

यता कपिलवस्तु जिल्लाको व्यापारीक केन्द्र मानिने जितपुरमा केहि दिन अगाडी खुलेको न्यु गुरासँ ट्रेड लिंक ग्राहकको उत्कृष्ट रोजाई बन्दै गएको छ । अन्य इ. स्कुटरका तुलनामा गुरासँले भित्राएको स्कुटर फरक र उत्कृष्ट लुक्सका कारण रोजाई बन्दै गएको इ.स्कुटर खरीदकर्ताहरु बताउन्छन् ।

 

जिल्लामा पहिलो पटक होलसेल तरिकाले नै स्कुटर बेच्दै आएको गुराँस टे«ड पहिलो हो । यापुजा, इलेक्सो, याडिया कम्पनीका स्कुटर बेच्दै आएको गुराँस ट्रेडको दैनिक बिक्री संख्या बढ्दै गएको संकालक शान्ताराज गैरेले बताएका छन् । अहिले आफुहरु सँग एक लाख पचास हजार देखि तिन लाख पचास हजार सम्मका इ.स्कुटरहरुको एक पटकको फुल चार्जाले ७० देखि २०० सम्मको दुरी गुड्ने सञ्चालक विष्णु घिमिरेले बताएका छन् ।

अहिले आफुहरुको शोरुम बुटबल सहित ६ स्थानमा शाखा रहेको र ६ ओटा ठाउँबाट नै दैनिक ४–५ ओटा इ. स्कुटर बिक्री भएको सञ्चालक विष्णु गैरेले बताएका छन् ।

आफुहरुले इ. स्कुटरमा ग्यारेन्टीका साथ ढुक्क भएर चढ्न पनि सञ्चालकहरुले बताएका छन् । स्कुटर आरामदायि र लक्जरियस रहेकोले पनि आफुहरुले सोचे भन्दा बढी बिक्री भएको सञ्चालक बताउदै आएका छन् ।

प्रतिक्रिया

खबर सबै