

सरकारले गम्भिर रुपमा छलफल नगरे स्थिति थप खस्किने निश्चित : अध्यक्ष चन्द्र ढकाल





बुटवल । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको आर्थिक नीति, राष्ट्र बैंकको नीति एवं उद्योगी÷व्यवसायीको हकहितको विषयमा गम्भीर रूपमा छलफल नगरेमा देशको स्थिति थप खस्किने निश्चित रहेको जनाएका छन् ।
बुटवल उद्योग बाणिज्य संघको ७० औं बार्षिक साधारण सभा तथा २५ औं अधिबेशनमा बोल्दै उनले पछिल्लो समय युवाहरु विदेश पलायन भइरहेपनि नेपालको हर क्षेत्रमा सम्भावना भने रहेको उनले दाबी पनि गरे ।
खाली स्थान, अनकन्टार ठाउँ जहाँ पनि सम्भावना रहेको तर काम गर्ने इच्छा शक्ति नहुँदा विदेश पलायन हुनेहरु धेरै भएको उनले बताए । अहिले केही असजिलो भएको भन्दै कालीगण्डकी कोरिडोरले कोरोला नाका पुगेमा यस क्षेत्रको मात्र नभई समग्र देशको आर्थिक चलायनमान गर्ने सम्भावना रहेको समेत बताए ।
आफु शुन्य बाट उठेर विभिन्न व्यवसायीक घरनाको नेतृत्व गरेको स्मरण गर्दै उनले सम्भावनाको पहिचान गर्न नसक्दा पनि नेपालमा नयाँ कार्य केही हुन नसकेको उनले बताए ।
साथै उनले उद्योगीहरुले भोग्दै आएको ट्रंक लाईनको विषय प्रधानमन्त्री स्तर सम्म पुगेर छलफल भइरहेको समेत बताए । व्यवसायीहरुले विद्युत्त उपयोग नगरेको अवस्थामा जरिवाना तिर्न प्राधिकरणबाट ताकेता आए पश्चात यस बारे प्रधानमन्त्री, जलस्रोत मन्त्री, विद्युक्त प्राधिकरणका प्रतिनिधीहरु सहित छलफल भएको र लाईन काट्ने निर्णय बाट पछि सरकार हटेको उनले बताए ।
अहिले बजारमा देखिएको मन्दी विश्वभर रहेको बताउँदै नेपालमा अर्थतन्त्रमा देखिएको मन्दी कुनै सरकार वा नीति क्षेत्रका कारण नआएको भन्दै अब यो मन्दी विस्तारै लयमा आउने समेत विश्वास व्यक्त गरे ।
‘पर्यटकहरु आउने संख्या बढ्दै गएको छ । बैंकहरु लगानी गर्न ईच्छुक देखिएका छन् । अब केही सुधारको संकेत देखिदैछ । जग्गा कित्ता खुल्लाका साथै मौद्रीक नीतिमा पनि सुधार भएको छ’ उनले भने ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल लगाएतले बोल्दै आर्थिक चलायन गराउन नीजि क्षेत्रसंग हातेमालो गर्न तयार रहेको बताएका थिए ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया