रमेश प्रसाईँद्धारा रास्वपा नेता बरालको निधन प्रति निवास मै पुगेर शोक प्रकट

कपिलवस्तु । केही दिन अघि सडक दुर्घटनामा परी ज्यान गुमाएका रास्वपाका प्रदेश शिक्षा विभाग प्रमुख रोमनाथ बरालको निधन प्रति राष्ट्रिय स्वतन्त्र पाटीले बराल निवासमा शोक सभा गरेको छ । रास्वपमा केन्द्रिय सदस्य रमेश प्रसाइको उपस्थितिमा आइतबार साँझ बराल निवास पिपरामा शोक सभा गरिएको हो ।

उक्त शोक सभामा रास्वपा केन्द्रिय सदस्य प्रसाईंले स्वर्गीय रोम बरालको परिवार सङ्ग सिङ्गो पार्टी पङ्ती सँगै रहेको बताउनु भयो । गत असोज १० गते राति मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनु भएका रास्वपा प्रदेश शिक्षा विभाग प्रमुख रोम बरालको परिवारलाई रास्वपा सिँगो पार्टीले साथ दिने उहाँले बताउनुभयो ।

उक्त शोकसभामा पार्टी सभापति रबि लामिछाने समेत आउने भनिएको भए पनि केन्द्रिय सदस्य प्रसाइसहित रास्वपा नेताहरु शंकर श्रेष्ठ, बिभागीय प्रमुख बिपिन सुवेदी लगायतका नेताहरु बाणगङ्गा २ पिपरा स्थित बराल निवासमा पुगेका थिए । नेताहरुले स्वर्गीय बरालले देख्नु भएको सपना पुरा गर्ने जिम्मा अब पार्टीको रहेको बताएका थिए ।

पार्टी सभापति रबि लामिछाने शनिवार साँझ बरालको निवासमा आउने भनिएता पनि वर्षाका कारण वायु उडान प्रवाहित भएकाले भैरहवा देखि काठमाडौँ को हवाइ उडानमा मौसमले साथ नदिदा उहाँको उपस्थित हुन नसकेको प्रदेश प्रवक्ता कमल पोख्रेलले जानकारी दिनु भएको थियो । समय मिलाएर स्वर्गीय बरालको निवासमा सभापति लामिछाने छिटै नैे आउने रास्वपा जिल्ला सभापति शिव कुमार सुवेदीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

खबर सबै