

स्रोत नखुलेको १० लाख भारुसहित तीन्जना पक्राउ



रुपन्देही । रुपन्देहीको बेलहिया नाकाबाट स्रोत नखुलेको १० लाख भारुसहित तीन जना पक्राउ परेका छन् । १० लाख भारतीय रुपियाँसहित तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नं. २७ गणका अनुसार आइतबार राति ९ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका तीन भारतीयको साथबाट बिओपी चेक पोस्ट अगाडिबाट चेक जाँचका क्रममा उक्त अवैध १० लाख भारु बरामद भएको हो ।
तीन जनामध्ये एक जनाको साथबाट नौ लाख र अन्य दुई जनाको साथबाट ५०/५० हजार भारु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २७ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । बरामद गरिएको सबै पाँच सय भारु नोट रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षका अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
पक्राउ परेका राजु कौशलको साथमा नौ लाख तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा एक लाख भारतीय रुपियाँ फेला परेको थापाले बताउनुभयो । पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ । बरामद रकम र दुईवटै भ्यान राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया