
स्रोत नखुलेको १० लाख भारुसहित तीन्जना पक्राउ

रुपन्देही । रुपन्देहीको बेलहिया नाकाबाट स्रोत नखुलेको १० लाख भारुसहित तीन जना पक्राउ परेका छन् । १० लाख भारतीय रुपियाँसहित तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नं. २७ गणका अनुसार आइतबार राति ९ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका तीन भारतीयको साथबाट बिओपी चेक पोस्ट अगाडिबाट चेक जाँचका क्रममा उक्त अवैध १० लाख भारु बरामद भएको हो ।
तीन जनामध्ये एक जनाको साथबाट नौ लाख र अन्य दुई जनाको साथबाट ५०/५० हजार भारु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २७ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । बरामद गरिएको सबै पाँच सय भारु नोट रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षका अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
पक्राउ परेका राजु कौशलको साथमा नौ लाख तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा एक लाख भारतीय रुपियाँ फेला परेको थापाले बताउनुभयो । पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ । बरामद रकम र दुईवटै भ्यान राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया