

दाङमा खुकुरी प्रहारबाट एकको मृत्यु, दुईजना घाइते



दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै ज्यान गएको छ । त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् ।
आज दिउँसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने अन्दाजी ३८÷३९ वर्षीय टेक बहादुर हमालले धारिलो हतियार खुकुरी प्रहार गर्दा एक जना महिलाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिनुभएको छ ।
ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका ११ निवासी अन्दाजी ४२/४३ वर्षीया रिता लामिछाने रहेकी छन् । आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाँटीमा एक्कासी खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । त्यस्तै त्यसै ठाउँ बस्ने ४५ वर्षिय वीरबहादुर हमाल र अन्दाजी ६५ वर्षिया कमला कुमारी हमाल गम्भीर घाइते भएका छन्
घाइते दुवै जनाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ । साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया