

विश्वविद्यालयमा लागेको ताला एक महिनापछि खुल्यो



दाङ । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि बिहीबार खुलेको छ । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गत भदौ ४ गते लगाएको ताला पाँच बुँदे सहमतिपछि खुलेको हो ।
यसअघि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघसँग भएको सम्झौता रद्ध गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । बिहीबार भएको वार्तामा विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष रमेश ढकालको संयोजकत्वमा गठित छानबिन समितिले औंल्याएका विषयहरू अनिवार्य रुपमा कार्यान्वयन गर्ने र सेवा आयोगका आगामी विज्ञापनका आवेदनहरू अनलाइनबाट भर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।
यसैगरी विश्वविद्यालयका अति संवेदनशील शाखा, विभागमा कार्यरत प्राध्यापक र कर्मचारीहरूको आवश्यकता र औचित्यको न्यायोचित व्यवस्थापन गर्ने र सेवा आयोगबाट लिइने कर्मचारीका परीक्षाहरू केन्द्रीय कार्यालय रहेको दाङ जिल्लामै सञ्चालनको व्यवस्था मिलाउने सहमति भएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया