

कपिलवस्तुमा जबरजस्ती करणी आरोपमा दुईजना पक्राउ



कपिलवस्तु : कपिलवस्तुमा जबरजस्ती करणी मुद्दामा अदालतले कैद सजाय सुनाएपछि फरार रहेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बुद्धभूमि नगरपालिका–७, डेरवाका २३ वर्षीय इन्सान अली मिया फकिर र महाराजगंज नगरपालिका–११, शंकरपुरका ५० वर्षीय हानु मुसलमान भन्ने हारुन मनिहार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका ईन्साल अली मिया फकिर उपर जिल्ला अदालतबाट आव २०७६÷०७७ मा जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएको छ। उनलाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताउनुभयो ।
यसैगरी पक्राउ परेका हारुन मनिहार उपर जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालतबाट २०७९ माघ ११ गते पक्राउ पुर्जी जारी भएको थियो। उनी भाग्दै लुक्दै बसेको अवस्थामा प्रहरीले उनलाई महाराजगंज नगरपालिका–३ वर्गदीबाट पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान सुरु गरेको छ।
प्रहरीले यसअघि विभिन्न मुद्दाहरूमा फरार रहेका ८ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक नव रत्न पौडेलले बताउनुभयो । अहिले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा नयाँ टिम आएयता जबरजस्ती करणी मुद्दामा फरार रहेका १० जना पक्राउ परिसकेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिनुभएको छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया