
कपिलवस्तुमा जबरजस्ती करणी आरोपमा दुईजना पक्राउ

कपिलवस्तु : कपिलवस्तुमा जबरजस्ती करणी मुद्दामा अदालतले कैद सजाय सुनाएपछि फरार रहेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बुद्धभूमि नगरपालिका–७, डेरवाका २३ वर्षीय इन्सान अली मिया फकिर र महाराजगंज नगरपालिका–११, शंकरपुरका ५० वर्षीय हानु मुसलमान भन्ने हारुन मनिहार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका ईन्साल अली मिया फकिर उपर जिल्ला अदालतबाट आव २०७६÷०७७ मा जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएको छ। उनलाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताउनुभयो ।
यसैगरी पक्राउ परेका हारुन मनिहार उपर जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालतबाट २०७९ माघ ११ गते पक्राउ पुर्जी जारी भएको थियो। उनी भाग्दै लुक्दै बसेको अवस्थामा प्रहरीले उनलाई महाराजगंज नगरपालिका–३ वर्गदीबाट पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान सुरु गरेको छ।
प्रहरीले यसअघि विभिन्न मुद्दाहरूमा फरार रहेका ८ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक नव रत्न पौडेलले बताउनुभयो । अहिले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा नयाँ टिम आएयता जबरजस्ती करणी मुद्दामा फरार रहेका १० जना पक्राउ परिसकेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिनुभएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया