

कपिलवस्तुका हमाल नेकपा (एस) को केन्द्रीय सदस्यमा मानोनित



कपिलवस्तु । नेकपा एकीकृत समाजवादीले २१ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । कपिलवस्तुका लंकाबहादुर हमालसहित २१ जना नेकपा (एस) को केन्द्रिय सदस्यमा मनोनित भएका हुन ।
गएको ५–७ भदौको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनीत गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख गरेको छ । एकीकृत समाजवादीले कपिलवस्तुका लंक बहादुर हमाल सहित अजयबहादुर मल्ल (बाजुरा), ओमचरण अमात्य (भक्तपुर), गौतम राई (काठमाडौं), गोविन्द चेपाङ (मकवानपुर), चन्द्रा श्रेष्ठ (झापा), चिरञ्जीवी भट्टराई (सुनसरी), जयप्रकाश यादव (बारा) र दीपक केसी (काठमाडौं) लाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।
यस्तै धनबहादुर कार्की (रामेछाप), धर्म शाही (मुगु), नन्द बञ्जाडे (काठमाडौं), बरुनाथ योगी (दैलेख), बैकुण्ठ भुसाल (पर्वत), भक्तिमान सुब्बा (पाँचथर), मीना लामा (मकवानपुर), रामप्रसाद ढुंगाना (काठमाडौं), लंक हमाल (कपिलवस्तु), शालिकराम भट्टराई (नवलपरासी पूर्व), शिवकुमारी खनाल (काठमाडौं), शैलेन्द्र उपाध्याय (रुपन्देही) र सुदेश पराजुली (काठमाडौं) छन् ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया