

नेम्वाङको पार्थिव शरीरलाई दिउँसो १ बजेपछि घरमा राखिने, अन्त्येष्टि भोलि



काठमाण्डौ
प्रतिनिधि सभा सदस्य एवम्नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई आज दिउँसोसम्म एमाले पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिने भएको छ । दिउँसो १ बजेपछि भने पार्थिव शरीरलाई उहाँको निवास बालुवाटारमा राखिने एमालेले जनाएको छ । घरमा लगेपछि किरात संस्कृतिअनुसार गर्नुपर्ने कार्य गरिनेछ ।
भोलि पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ । संविधानसभाका अध्यक्ष नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सरकारले शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।
यस्तै, नेम्वाङको निधनको शोकमा आज तोकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न भोलि ३ बजेलाई अर्काे बैठक तोकिएको छ ।
पूर्व सभामुख नेम्वाङको हिजो राति हृदयघातका कारण निधन भएको थियो । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख रहेका नेम्वाङकै कार्यकालमा २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया