

अमेरिका पठाइदिने भन्दै मानब वेचविखन गर्ने गिरोहका नाइके रुपन्देहीबाट पक्राउ



कपिलवस्तु । अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूकुम पूर्वको सिस्ने गाउँपालिका–४ नाथीगाड घर भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
नेपाली नागरिकहरुलाई युएई, थाईलैण्ड, फिलीपिन्स, जाम्बीया, सिंगापुर, हङकङ लगायतका देशहरूमा पु¥याई राहदानी, मोबाइल समेत जफत गरी थप पैसा माग गर्ने, एजेन्टले भनेजति पैसा नदिएमा शारीरिक मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरूलाई वेचविखन गर्ने, बुझाउने जस्ता क्रियाकलाप गरी अलपत्र पार्ने कार्यमा संलग्न उनलाई मानव वेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही बेलहियाबाट पक्राउ गरेको जनाएको छ ।
यसअघि कमल तामाङ पक्राउ परेका मानब वेचविखन तथा ओसारपसार र संगठित अपराधमा ५ वटा मुद्दा दर्ता भई उक्त कसूरमा संलग्न ३ जना अभियुक्तहरू पक्राउ परी अनुसन्धान भइरहेकोमा उक्त कसूरमा निज हस्त गौतम प्रमुख योजनाकार रहेको खुल्न आएको हो ।
उनले मेक्सीकोमा बेस बनाई विश्वासिला ५ जना एजेन्टलाई नेपाल, दुवई, सिंगापुर, फिलीपिन्स, थाईलैण्ड, श्रीलंका, कोलम्बीया, लेटिन अमेरिका लगायतका देशहरूमा परिचालन गरेको र पीडितहरूबाट विभिन्न मितिमा अमेरिका पठाइदिने भन्दै अन्य एजेन्टहरू समेतलाई परिचालन गरी २ करोड भन्दा बढी पैसा लिइसकेको खुल्न आएको छ । गौतम समेतको संलग्नता भएको उक्त मुद्दामा जम्मा ६ जना पीडितहरू रहेको र २ जना पीडितको उद्दारको लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको सो ब्यूरोले जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया