

बिन्दाको प्रेम : अध्याय एक





बिन्दा खतिवडा । सुन्दैमा अनौठो रोमाञ्चक र मुस्कानले भरिपुर्ण मन अनि प्रफुलित मुहार हुन्छ सुन्दा “ प्रेम “
मेरो प्रेम मात्रै प्रेम थिएन उ प्रेमको एक मुर्तरुप पनि थियो । संघर्षको मजेरिमा चिसो बतासले मलाई हुत्याउन खोज्दै थियो ।
मेरो उडेका केश अनि लतपतिएका गाजल । पहेलो कुर्था सुरुवालमा सानो पर्स बोकेर हिड्दै गर्दा त्यो फागुन महिनाको हुरि बतासले मेरा सबै कपडा उढाई रहेको थियो। पिपलको झुलेका पात सँगै, मेरो सल फर फर गरि उडाई रहेका थिए ।
म मुस्किलले आफ्ना कपडा सम्हाल्ने प्रयासमा हुन्छु ।
मेरो नयन अगाडि वा भनु मेरै समीपमा कोहि अभिएर त्यो बतास रोकिरहेको थियो । मानौ त्यहाँ फिल्मको कुनै सुटिङ चल्दै थियो झैं । झट्ट बतासको गति थोरै रोकिए झै । मेरा बस्त्र समेट्ने समय मिल्यो मलाई ।
थोपा थोपा पानी पर्न लाग्यो सबै वरपरमा मानिसहरु ओत लाग्ने स्थान तर्फ भाग्दै थिए। मलाई भने मेरो समिपमा कसैले छाता ओडाए झि भै राखेको थियो । उ सुटुक्क शीत मेरो कानमा कानेखुसी गर्दै थियो । मधुर स्वरमा बिन्दा म छु त
केही कोहि बोलिरहेछ । मेरो समिपमा छ केही त छ । म यता उता हेर्छु।
भिजेर निथ्रुक्क भएका मेरा अंगहरु, कपडामै टासिंएर, एक पुर्ण रुपको लोभ लाग्दी युवती झै देखिएको छौ भन्दै थियो। म हतपत आफ्ना भिजेका शरीर, छोप्दैछु । ओठका लाली बगेर चिउडोमा, गाजल बगेर गाला सम्म पुग्दै थिए। उ मेरो ओठकै नजिक आई मेरा ओठलाई पुस्दै थियो सार्है नम्रता सँग । त्यो नम्र पुछाई सँग उस्का विनम्रताका केही सुस्केरा सुन्दै थिएँ म ।
बिन्दा तिमी सारै राम्री देखिएकी छौ।
म लाजले भुतुक्कै भएँ , मेरा गाला राता भएका थिए त्यो बर्षातमा पनि मेरो सरम छर्लङ्ग देखिरहेको थियो।
पर पर बाट सबै मलाई नै निहाल्दै थिए ।
म सानू पिपलको बोट मुनि एक्लै केही क्रियाकलाप गर्दै कहिले कपाल मिलाउदै । मुस्कुराउदै गरेको देखेर कति ले त पागल पनि भने होलान । म मेरै प्रेम सङ्ग भलाकुसारि गर्दै थिए ।छन त मेरा सामु कोहि थिएन तर उस्को आभास हृदयको चौकोसमा बिराजमान थिए ।मानौं उ साच्चै मेरो करिब छ र मलाई उ हुनुको आभस दिलाई रहेछ. ।
तिम्रा आभसले मेरा पाईला गन्तव्य तर्फ फेरिन थाले म नित्थ्रुक्कै भिजेकी छु भन्ने भान नै भएन । तिमीले डोराएर कता लादै थियौ म लुरु लुरु तिम्रा पछि पाउ टेक्दै थिए , त्यो सानो अबोध बालक झैं हुन त म एक जवान १९ बर्ष की युवती थिए ।राम्रो न राम्रो केहि हद सम्म त जान्दथे होला तर मलाई मोहनि लगाएको हो की मत्र ले हानेको हो , थाहै भएन , म मन्त्रमुग्ध भए झै एकहोरो टोलाएको भनु कि तिमीले बोलाएको मलाई केहि महसुस नै थिएन वा भनु त्यति सोच्नु पर्ने थियो थाहै भएन्।कसैलाई आफु भन्दा ज्यादा माया गर्नु वा बिस्वास गर्नु भनेको आफैंलाई सिद्द्याउनु हो, यो कस्तो अनुभुति हो जुन म मेरै होईन ।म भन्दा पर कोहि छैन यो राम्रो सित थाहा पाएकि मैले कोहि मेरो करिब बसेर मलाई म बाटै छुट्याउने प्रयासमा छ्।म पनि उस्कै प्रयासलाई सफल पार्न लागिपरिरहेछु । बाक्लो गाडि र सडक भरि छरिएर बसेका मानिसहरु कता थिए यादै छैन, मलाई कसैले देख्यो कि देखेन हेर्यो कि हेरेन खै अजान थिए एक अबोध शिशु झै। अतह! मेरो अनुभुतिको पहिलो दिन, प्रेम भाव को पहिलो क्षण,काउकुति लागे जस्तो हुन त बाल्यकाल छोडेर जवानीको पहिलो खुड्कीला मा चडेकी म , यि सम्पुर्ण कुरा बाट अछुतो त कहाँ हुन सक्थे र? प्रेम मय बसुधा मा श्री कृष्ण र राधा प्रेम बर्साउनै त आउनु भएको थियो नि। अनि यो सन्सार नै माया जालको धेरो हो रे ।अनि म त को नै हुँ र?
हो मलाई पनि प्रेम भयो साच्चै तर को सित कसरी थाहा पाउन सकेकि छैन्।खै उमेर को दोष हो कि मेरो, सब नौलो लाग्दै थियो सबै कुरा मन पर्ने म अर्कै भएकी थिए ,म अरु कसैको हुन खोज्दै थिए , म मेरै बसमा छैन अब, यो उदय नै नहुने प्रेम बोकेर म प्रेम कै खोजिमा रहेछु । अरे म त प्रेमको परिभाषित शब्दको ज्ञान् बिना नै यो प्रेम बारे सोचिरहेछु।“प्रेम “= नियम ,कानुन , बन्धन र नीति बिना ,स्वतन्त्र रुपले गरिने जहाँ न पाउने आस छ न गुमाउने डर, त्यो जस्को याद गर्दा मात्रै सन्तुष्टि मिल्छ त्यो ब्यक्ति नै चाहिदैन प्रेमको लागि जस्को याद नै काफी छ।
अन्ततः कृष्ण र राधा को प्रेम मिरा को कृष्ण प्रेम , कृष्णको सुदामा प्रती को प्रेम बिना स्वार्थ मात्रै प्रेम थियो! हो म पनि तिम्रो त्यही प्रेम हुँ , तिमिले बुझ्न जरुरत नै छैन ।यति त मन शान्त पार्न भने ।म त्यस्तो त्यागी कहाँनेर थिए र? भोगी र रोगी जस्तो तिम्रो एक झल्को पाउन हजार झुटको सहारा लिए कि मैले तिम्रो प्रेम त के तिम्रो एक शब्द सुन्न पनि तड्पिनु पर्दै थियो।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया