

बजारमा गोलभेँडाभन्दा हरियो धनियाँ महँगो



काठमाण्डाै
गोलभेँडापछि हरियो धनियाँँको मूल्य बढेको छ । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज धनियाँको थोक मूल्य किलोमा १५० रुपैयाँदेखि २ सय रुपैयाँ छ ।
खुद्रा पसलमा दोब्बर तेब्बरसम्म मूल्य पर्छ । यस्तै, आज लोकल सानो गोलभेँडा किलोको ६० देखि ७० रुपैयाँ तथा टनेलको गोलभेँडा किलोको ७५ देखि ९० रुपैयाँ छ । यस्तै, ठूलो गोलभेँडा किलोको १४० देखि १६० रुपैयाँ थोक मूल्य छ ।
नेपालमा धेरैजसो हरियो धनियाँँ र गोलभेँडासहित तरकारी भारतबाट भित्रिने गरेको छ । तर, अहिले गर्मीका कारण भारतमा नै उत्पादन कम हुँदा गोलभेँडा र धनियाँँलगायत तरकारी भारतमै महँगो छ । भारतमा तरकारी महँगो नहुँदा नेपाली उत्पादन समेत त्यसतर्फ निर्यात हुन थालेको छ । यसको असर नेपाली बजारमा परेको हो ।
नेपालमा धनियाँँ, गोलभेँडालगायत तरकारी फलाउन उपयुक्त वातावरण भए पनि मागअनुसार उत्पादन हुन सकेको छैन । यस्तै, कतिपय अवस्थामा भारतीय तरकारी सस्तो पर्न जाँदा व्यापारीले स्वदेशी तरकारी खरिद नगरिदिँदा किसान मर्कामा पर्ने गरेका छन् ।
खेती गर्न प्रोत्साहन नहुँदा र उत्पादन भएका तरकारीले बजार नपाउँदा व्यावसायिक रुपमा खेती गर्ने किसानको सङ्ख्या घट्न थालेको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया