

बजारमा गोलभेँडाभन्दा हरियो धनियाँ महँगो



काठमाण्डाै
गोलभेँडापछि हरियो धनियाँँको मूल्य बढेको छ । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज धनियाँको थोक मूल्य किलोमा १५० रुपैयाँदेखि २ सय रुपैयाँ छ ।
खुद्रा पसलमा दोब्बर तेब्बरसम्म मूल्य पर्छ । यस्तै, आज लोकल सानो गोलभेँडा किलोको ६० देखि ७० रुपैयाँ तथा टनेलको गोलभेँडा किलोको ७५ देखि ९० रुपैयाँ छ । यस्तै, ठूलो गोलभेँडा किलोको १४० देखि १६० रुपैयाँ थोक मूल्य छ ।
नेपालमा धेरैजसो हरियो धनियाँँ र गोलभेँडासहित तरकारी भारतबाट भित्रिने गरेको छ । तर, अहिले गर्मीका कारण भारतमा नै उत्पादन कम हुँदा गोलभेँडा र धनियाँँलगायत तरकारी भारतमै महँगो छ । भारतमा तरकारी महँगो नहुँदा नेपाली उत्पादन समेत त्यसतर्फ निर्यात हुन थालेको छ । यसको असर नेपाली बजारमा परेको हो ।
नेपालमा धनियाँँ, गोलभेँडालगायत तरकारी फलाउन उपयुक्त वातावरण भए पनि मागअनुसार उत्पादन हुन सकेको छैन । यस्तै, कतिपय अवस्थामा भारतीय तरकारी सस्तो पर्न जाँदा व्यापारीले स्वदेशी तरकारी खरिद नगरिदिँदा किसान मर्कामा पर्ने गरेका छन् ।
खेती गर्न प्रोत्साहन नहुँदा र उत्पादन भएका तरकारीले बजार नपाउँदा व्यावसायिक रुपमा खेती गर्ने किसानको सङ्ख्या घट्न थालेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया