

ठूलाे मात्रामा भन्सार छलीका कपडा बरामद



दाङ । दाङमा ठूलो मात्रामा भन्सार छली गरिएको कपडा बरामद भएको छ।
राजमार्ग सुरक्षाअन्तर्गत गस्ती गर्ने क्रममा नेपाल सशस्त्र प्रहरी बल २९ नम्बर गण जिल्ला हेडक्वाटर ज्वालामाईले ११ लाख बराबरको कपडा बरामद गरेको एसपी गोपालप्रसाद श्रेष्ठले जानकारी दिएका छन्।
कोट पाइन्टको कपडा, कुर्ता सुरुवाल, ब्लाउजमा प्रयोग गरिने ११ बोरा कपडा बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल निरिक्षक नवराज खत्रीको नेतृत्वमा खटिएको गस्ती टोलीले राप्ती गाउँपालिका-१ भालुबाङ नजिकबाट भन्सार छलेर भित्र्याइएको कपडा बरामद गरेको थियो।
पोखराबाट तुलसीपुर जाँदै गरेको ग १ ख ९८७० नम्बरको बसबाट उक्त कपडा बरामद गरिएको हो।
बरामद गरिएको कपडा कस्ले ल्याएको थियो भन्ने बारेमा केही खुलेको छैन। बसमा सामान मात्रै भएको अवस्था सशस्त्र प्रहरीले बराद गरेको थियो।
बरामद गरिएको कपडा आवश्यक अनुसन्धान र कारबाहीका लागी राजश्व अनुसन्धान कार्यालय रुपन्देही बुटवलमा पठाइएको छ। यसैबीच सामान भित्र्याउन तस्करले नक्कली करविजक बनाउने गरेको खुलेको छ।
लुम्बिनी बस्त्रालय बुटवलको नामबाट नक्कली करविजक जारी गरेको फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बिक्रीकर्ता लुम्बिनी वस्त्रालय र खरिदकर्ता सम्झना इम्पोरियम उल्लेख गरिएको छ। कपिलवस्तु जिल्लाको तौलिहवा आसपासका नाकाबाट कपडा भित्रिएको आशंका गरिएको छ। गोरुसिंगेबाट ती कपडा बसमा लोड गरिएको थियो।
यसैगरी, साउन १६ गते भन्सार छली गरेर ल्याएको एक लाख बराबरको मसलाजन्य सामग्री बराद गरेको छ। सशस्त्र प्रहरीको गस्ती टोलीले कालाकाटेबाट काजु, बदाम, जिरा, मिठाइलगायतका सामाग्री बरामद गरेको थियो।
यस्तै, साउन १८ गते पनि ८४ हजार बराबरको कपडा समेत बरामत गरेको थियो। कुर्ता, सुरुवाल लगायतका कपडा सशस्त्र प्रहरीले बरामद गरेको थियो। बरामद गरिएका सबै सामाग्री आवश्यक अनुसन्धान र कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय रुपन्देही बुटवल पठाइएको छ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया