

अर्घाखाँचीमा आगलागी, विभिन्न धनमाल जलेर नष्ट



अर्घाखाँची । अर्घाखाँचीमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका–५ बलेबाङ बस्ने शिब बहादुर कुमालको निर्माणाधिन घरमा आगलागी भएको हो ।
मंगलबार बिहान आगलागी हुँदा अन्नपात, काठपात र २ वटा साईकल समेत जलेर करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहको बताएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया