

साना किसान भलवाडमा किसानलाई जैविक मल वितरण


असोज २९ कपिलवस्तु
कपिलवस्तु सहित तराईका जिल्लामा धान खेती पछि गरिने हिउँदे वालीमा प्रयोग गरिने मलको अभाव भईरहेका बेला साना किसान कृषि सहकारी संस्था भलवाडले आफ्नै लागतमा जैविक मल वितरण भित्राएको छ । भारतको राजस्थानबाट सहकारीले १ सय २० क्ईिन्टल राज कृषि फर्मको फोस्फेट रिच आर्गनिक मल २४० बोरा ल्याएको हो । आज मध्यान्न मल ल्याइएको सहकारीका अध्यक्ष कुमार मधु वेल्वासेले जानकारी दिनुभयो । भलवाडमा अहिले धान बाली स्याहार्ने चटारोमा किसन छन भने हिउँदे वाली तोरी, गहुँ तथा दलहन वाली छर्ने तथा लगाउने समय पनि सुरु भएको छ ।
समयमै मल किसानले नपाउने समस्या हरेक वर्ष भईरहदा यस पटक सहकारीले आफ्नै लागतमा सो मल खरिद गरेको हो । प्रति केजि ५० रुपैँयाका दरले किसानले सो मल पाउने भएका छन् भने ५० केजिको एक बोरा नै खरिद गरे २ हजार चार सय रुपैयाँ लाग्ने सहकारीले जनाएको छ ।
बजारमा रासायनिक मल समेत सहज रुपमा पाउन मुस्किल भईरहेका बेला सहकारीले भारतको राजस्थानबाट विसुद्ध आर्गनिक मल खरिद गरि ल्याएको सहकारीका अध्यक्ष वेल्वासेले बताउनुभयो ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया