

साना किसान भलवाडमा किसानलाई जैविक मल वितरण



असोज २९ कपिलवस्तु
कपिलवस्तु सहित तराईका जिल्लामा धान खेती पछि गरिने हिउँदे वालीमा प्रयोग गरिने मलको अभाव भईरहेका बेला साना किसान कृषि सहकारी संस्था भलवाडले आफ्नै लागतमा जैविक मल वितरण भित्राएको छ । भारतको राजस्थानबाट सहकारीले १ सय २० क्ईिन्टल राज कृषि फर्मको फोस्फेट रिच आर्गनिक मल २४० बोरा ल्याएको हो । आज मध्यान्न मल ल्याइएको सहकारीका अध्यक्ष कुमार मधु वेल्वासेले जानकारी दिनुभयो । भलवाडमा अहिले धान बाली स्याहार्ने चटारोमा किसन छन भने हिउँदे वाली तोरी, गहुँ तथा दलहन वाली छर्ने तथा लगाउने समय पनि सुरु भएको छ ।
समयमै मल किसानले नपाउने समस्या हरेक वर्ष भईरहदा यस पटक सहकारीले आफ्नै लागतमा सो मल खरिद गरेको हो । प्रति केजि ५० रुपैँयाका दरले किसानले सो मल पाउने भएका छन् भने ५० केजिको एक बोरा नै खरिद गरे २ हजार चार सय रुपैयाँ लाग्ने सहकारीले जनाएको छ ।
बजारमा रासायनिक मल समेत सहज रुपमा पाउन मुस्किल भईरहेका बेला सहकारीले भारतको राजस्थानबाट विसुद्ध आर्गनिक मल खरिद गरि ल्याएको सहकारीका अध्यक्ष वेल्वासेले बताउनुभयो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया