

छानबिन समिति बनाउने सहमतिपछि प्रतिष्ठानको सेवा सुरु





दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु भएको छ । उपचारका क्रममा ११ वर्षीय बालकको ज्यान गएको घटनापछि पीडित पक्ष र अस्पतालबीच गएराति भएको वार्तामा सहमतिमा जुटेपछि अस्पतालको सेवा सुरु भएको हो ।
सहमतिपछि परिवारले आज बिहान बालकको शव बुझेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमले बताउनुभयो । बालकको ज्यान गएपछि आफन्तले गरेको आन्दोलनका कारण प्रतिष्ठानको सेवा दुई दिनदेखि प्रभावित भएको थियो । पीडित र अस्पताल पक्षबीच घटनाको छानबिन गर्ने र घोराही–३ का वडा अध्यक्षको नेतृत्वमा छानबिन समिति बनाउने सहमति भएको छ ।
त्यस्तै पीडित परिवारका लागि शैक्षिक योग्यताअनुसार मृतकको परिवारलाई रोजगारी दिने, आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाई सहयोग संकलन गर्ने र त्यसका लागि घोराही उपमहानगरपालिकालाई राहत उपलब्ध गराउन अनुरोध गर्ने सहमति भएको छ । यस्तै पीडित परिवारका लागि सहयोग गर्न संघ र प्रदेश सरकारका समक्ष आग्रह गर्ने सहमति पनि भएको छ ।
छारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका घोराही उपमहानगरपालिका–३ का ११ वर्षका आक्रोश नेपालीको अस्ति बिहान ज्यान गएपछि आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीले घटना भएको भन्दै आन्दोलन गरेका थिए ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया