

मोटरसाइकल चोरी गर्ने गिरोह नै प्रहरीको फन्दामा परेपछि…





रुपन्देही । रुपन्देही प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक गिरोहका १२ जना सदस्यलाई पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले सोमवार पत्रकार सम्मेलन गर्दै चोरीका मोटरसाइकलसहित गिरोहमा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पाल्पा, गुल्मी, नवलपरासी र बाग्लुङका विभिन्न भागबाट उनीहरूलाई चोरीका मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरू रुपन्देहीको बुटवल उपमहानगरपालिका र आसपासको क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने काममा संलग्न भएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेहरूमा बुटवल–३ ज्योतिनगर बस्ने १९ वर्षीय किशोर, नवलपरासीको रामग्राम नगरपालिका–१४ बस्ने ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम–१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ बस्ने २६ वर्षीय सरोज थापा र २६ वर्षीय दीपक रेगामी मगर, तिलोत्तमा–६ बस्ने २४ वर्षीय दिपेश थापा र २५ वर्षीय हितेस राना रहेका छन् । यस्तै बाग्लुङको वरेङका १९ वर्षीय किशोर, २० वर्षीय दीपक सामत, २९ वर्षीय प्रमोद पुर्जा, २२ वर्षीय मिलन खत्री र तिलोत्तमा–४ का १८ वर्षीय किशोर पनि पक्राउ परेका छ्न ।
पक्राउ परेकाहरूमाथि चोरीसम्बन्धी कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया