

चेन्नईको तेस्रो जित


ई–साझाकुरा, असोज २८
आइपिएलमा चेन्नई सुपरकिंग्सले तेस्रो जित हात पारेको छ। चेन्नईले मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई २० रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो।
चेन्नईका लागि ओपनिङ गरेका साम कुरानले २१ बलमा ३१ रन जोडे। अर्का ओपनर फाप डु प्लेसिस भने शून्यमा आउट भए। सेन वाट्सनले ४२ रन र अम्बाती रायदुले ४१ रन बटुले। रवीन्द्र जडेजाले १० बलमा नटआउट २५ रन जोडे।

बलिङमा हैदरावादका सन्दीप शर्मा, खलील अहमेद र टी नटराजनले २-२ विकेट लिए। १६८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रन मात्र जोड्न सक्यो। उसका लागि मध्यक्रमका ब्याट्सम्यान केन विलियमसनले ५७ रन जोडे। अन्य ब्याट्सम्यान चेन्नईका बलरसामू टिक्न सकेनन्।
बलिङमा चेन्नईका कर्ण शर्मा र डिजे ब्राभोले २-२ विकेट लिए । साम कुरान, जडेजा र शार्दुल ठाकुरले १-१ विकेट हात पारे।
जितसँगै अंक तालिकाको छैटौं स्थानमा रहेको चेन्नईले ८ खेलबाट ६ अंक जोडेको छ। हैदरावाद समान खेलबाट समान अंक जोड्दै पाँचौ स्थानमा छ।
आइपिएलमा बुधबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुनेछ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया