

चेन्नईको तेस्रो जित



ई–साझाकुरा, असोज २८
आइपिएलमा चेन्नई सुपरकिंग्सले तेस्रो जित हात पारेको छ। चेन्नईले मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई २० रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो।
चेन्नईका लागि ओपनिङ गरेका साम कुरानले २१ बलमा ३१ रन जोडे। अर्का ओपनर फाप डु प्लेसिस भने शून्यमा आउट भए। सेन वाट्सनले ४२ रन र अम्बाती रायदुले ४१ रन बटुले। रवीन्द्र जडेजाले १० बलमा नटआउट २५ रन जोडे।

बलिङमा हैदरावादका सन्दीप शर्मा, खलील अहमेद र टी नटराजनले २-२ विकेट लिए। १६८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रन मात्र जोड्न सक्यो। उसका लागि मध्यक्रमका ब्याट्सम्यान केन विलियमसनले ५७ रन जोडे। अन्य ब्याट्सम्यान चेन्नईका बलरसामू टिक्न सकेनन्।
बलिङमा चेन्नईका कर्ण शर्मा र डिजे ब्राभोले २-२ विकेट लिए । साम कुरान, जडेजा र शार्दुल ठाकुरले १-१ विकेट हात पारे।
जितसँगै अंक तालिकाको छैटौं स्थानमा रहेको चेन्नईले ८ खेलबाट ६ अंक जोडेको छ। हैदरावाद समान खेलबाट समान अंक जोड्दै पाँचौ स्थानमा छ।
आइपिएलमा बुधबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुनेछ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया