

भाडामा बसेका व्यक्तिमाथि जातीय विभेद गरेको आरोपमा घरबेटी पक्राउ



दाङ । कोठा भाडामा बसिरहेका व्यक्तिलाई जातीय विभेद गरेको आरोपमा घोराहीमा एक घरबेटी पक्राउ परेका छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–७ कुल्लेटोला २३ वर्षीय महेन्द्र विकलाई दलित भन्दै घरनिकाला गरेको उजुरी परेपछि घोराही उपमहानगरपालिका–१७ पनौरा निवासी ६० वर्षीय ताराप्रसाद रेग्मीलाई शनिबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
असार १२ गतेदेखि कोठा भाडामा लिई परिवारसहित बस्दै आएका विकलाई शुक्रबार राति रेग्मीले ‘दलितलाई कोठा भाडामा दिन नसक्ने’ भन्दै जबर्जस्ती घरनिकाला गरी आत्मसम्मानमा चोट पु¥याएको भनी जाहेरी परेपछि पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया