

भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाकाे ज्यान गयो



एजेन्सी
भारतको महाराष्ट्रमा एक निजी बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ ।
सागपुरदेखि समृद्धि राजमार्ग हुँदै पुणे गइरहेको २९ बीई १८१९ नम्बरको ट्राभल एजेन्सीको बस आज बिहान दुर्घटना भएको हो । बुलढाणा भन्ने ठाउँमा टायर फड्किँदा बस अनियन्त्रित भएर बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।
बुलढाणाका प्रहरी अधिकारी सुनील कडासणेका अनुसार पोलमा बस ठोक्किँदा बसको डिजल ट्यांक फुटेर आगलागी भएको हो । बसमा लागेको आगोमा जलेरै धेरै यात्रीको ज्यान गयो भने केही यात्रु बसको सिसा फुटाएर बाहिर निस्किन सफल भए । बसमा जम्मा ३३ यात्रु रहेको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन । घाइतेहरुकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिंदेले यस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । साथै उहाँले दुर्घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई पाँच लाख रुपैयाँ दिने बताउनुभएको छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया