

भन्सार छलीका सामानसहित रुपन्देहीमा ६ जना पक्राउ


बुटवल । रुपन्देही प्रहरीले ११ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामानसहित ६ जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको ११ लाख ६१ हजार ३ सय मूल्य बराबरको सामानसहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बुधबार साँझ सिद्धार्थनगर नगरपालिका(१० भुजौलीबाट ७ लाख ७० हजार १ सय रुपैयाँ मूल्य बराबरका कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामू अर्यालले बताए ।
कपडा ल्याउने भारतको महाराजगन्जका भगवान दास मौर्यसहित रुपन्देही सिद्धार्थनगरका ईन्तियाज अहमद मुसलमान र मायादेवी गाउँपालिकाका अजयकुमार चमार पक्राउ परेका प्रहरी नायव उपरीक्षक श्यामू अर्यालले बताए । उनीहरु चढेको लु १९ प ८४२१ र लु ३१ प ४८४१ नम्बरका दुइटा मोटरसाइकल्समेत बरामद गरिएको छ ।
यस्तै रुपन्देही मायादेवी गाँउपालिकास्थित वनगाईबाट ३ लाख ९१ हजार २ सय मूल्य बराबरका अवैध कपडा, खाद्यान्न र किराना बरामद भएको छ । कपडासँगै मायादेवी गाउँपालिकाका विकास नाउँ, महेश बनियाँ पक्राउ परेका छन् । उनीहरुले चलाएको लु ४ प १८६८ र लु ६ प २८२३ नम्बरको मोटरसाइकल र बेवारिसे अवस्थामा रहेको लु २१ प ३१५१ को मोटरसाइकलसमेत बरामद भएको छ ।
पक्राउ परेका व्यक्ति र बरामद सामान भैरहवा भन्सार पठाइएको प्रहरी प्रवक्ता अर्यालले बताए ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया