

भन्सार छलीका सामानसहित रुपन्देहीमा ६ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले ११ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामानसहित ६ जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको ११ लाख ६१ हजार ३ सय मूल्य बराबरको सामानसहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बुधबार साँझ सिद्धार्थनगर नगरपालिका(१० भुजौलीबाट ७ लाख ७० हजार १ सय रुपैयाँ मूल्य बराबरका कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामू अर्यालले बताए ।
कपडा ल्याउने भारतको महाराजगन्जका भगवान दास मौर्यसहित रुपन्देही सिद्धार्थनगरका ईन्तियाज अहमद मुसलमान र मायादेवी गाउँपालिकाका अजयकुमार चमार पक्राउ परेका प्रहरी नायव उपरीक्षक श्यामू अर्यालले बताए । उनीहरु चढेको लु १९ प ८४२१ र लु ३१ प ४८४१ नम्बरका दुइटा मोटरसाइकल्समेत बरामद गरिएको छ ।
यस्तै रुपन्देही मायादेवी गाँउपालिकास्थित वनगाईबाट ३ लाख ९१ हजार २ सय मूल्य बराबरका अवैध कपडा, खाद्यान्न र किराना बरामद भएको छ । कपडासँगै मायादेवी गाउँपालिकाका विकास नाउँ, महेश बनियाँ पक्राउ परेका छन् । उनीहरुले चलाएको लु ४ प १८६८ र लु ६ प २८२३ नम्बरको मोटरसाइकल र बेवारिसे अवस्थामा रहेको लु २१ प ३१५१ को मोटरसाइकलसमेत बरामद भएको छ ।
पक्राउ परेका व्यक्ति र बरामद सामान भैरहवा भन्सार पठाइएको प्रहरी प्रवक्ता अर्यालले बताए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया