

शुद्धोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ३ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर



रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नं ७ का वडाअध्यक्ष भीमबहादुर यादवसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालले सोमबार विज्ञप्ति जारी गर्दै उनीहरुविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीका लागि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जानकारी दिएका छन् ।
०७९ चैत १६ गते अधिकृत अनन्तपाणी मरासिनी र वडाअध्यक्ष भीम बहादुर यादवले उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार घुस मागेको उजुरीका आधारमा अख्तियारको बुटवल कार्यालयबाट टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
बिचौलिया बिनोद भरलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुससहित लिइसकेको अवस्थामा उक्त रकमसहित गाउँ कार्यपालिकाको कार्यालयबाट सोही दिन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । नेपाल प्रेसबाट


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया