

शुद्धोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ३ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर




रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नं ७ का वडाअध्यक्ष भीमबहादुर यादवसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालले सोमबार विज्ञप्ति जारी गर्दै उनीहरुविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीका लागि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जानकारी दिएका छन् ।
०७९ चैत १६ गते अधिकृत अनन्तपाणी मरासिनी र वडाअध्यक्ष भीम बहादुर यादवले उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार घुस मागेको उजुरीका आधारमा अख्तियारको बुटवल कार्यालयबाट टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
बिचौलिया बिनोद भरलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुससहित लिइसकेको अवस्थामा उक्त रकमसहित गाउँ कार्यपालिकाको कार्यालयबाट सोही दिन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । नेपाल प्रेसबाट


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया