
वाणगंगा ११ मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

असोज २७ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित वडा नम्बर ११ मा वक्तिृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
कोभिड १९ अर्थात कोरोना भाईरसको कारणले बालबालिकामा पर्न गएको प्रभाव शिर्षक वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता सप्पन्न भएको हो । वडा अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा आयोतिज कार्यक्रममा नगरपालिकका शिक्षा शाखा प्रमूख उपसचिव बाबुराम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । शिक्षा शाखा अधिकृत खिम बहादुर जिसिको बिशिस्ट आतिथ्यता,वडा प्रतिनिधि र वडा सदस्य , वडा बाल समन्वय समितीका प्रतिनिधिहरु तथा विभिन्न बिधालयका शिक्षकहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।
सम्पन्न प्रतियोगितामा हेमराज मा।बि।कि छात्रा अर्चना आचार्य प्रथम हुनुभयो भने दितियमा श्री हथौसा लिटल स्टार इं ।बो।स्कुल का छात्र रामकृष्ण अधिकारी र तृतिय स्थान पनि सोही विद्यालयका छात्र सचिन गैरेले हात पार्नुभएको वडा अध्यक्ष अर्यालले जानकारी दिनुभयो । वडा अध्यक्ष अर्यालले सामाजिक दुरिलाई कायम नै राखी बालमैत्री वडा हाम्रो प्रतिबद्धता भन्ने मुल सार तत्व बोकेर हिडेका बताउनुभयो । यसको लागि सबैको साथ सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । त्यस्तै शिक्षा शखा प्रमुख भट्टराईले लामो समय लकडाउन हुदाँ पनि बालबालिकाको सिर्जनात्मक क्षमतामा कुनै असर नपरेको देखेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।
कार्यक्रम वडा बाल सहजकर्ता उदयराज तिवारीको संचालन मा भएको थियो।



खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया