

वाणगंगा ११ मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न



असोज २७ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित वडा नम्बर ११ मा वक्तिृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
कोभिड १९ अर्थात कोरोना भाईरसको कारणले बालबालिकामा पर्न गएको प्रभाव शिर्षक वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता सप्पन्न भएको हो । वडा अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा आयोतिज कार्यक्रममा नगरपालिकका शिक्षा शाखा प्रमूख उपसचिव बाबुराम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । शिक्षा शाखा अधिकृत खिम बहादुर जिसिको बिशिस्ट आतिथ्यता,वडा प्रतिनिधि र वडा सदस्य , वडा बाल समन्वय समितीका प्रतिनिधिहरु तथा विभिन्न बिधालयका शिक्षकहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।
सम्पन्न प्रतियोगितामा हेमराज मा।बि।कि छात्रा अर्चना आचार्य प्रथम हुनुभयो भने दितियमा श्री हथौसा लिटल स्टार इं ।बो।स्कुल का छात्र रामकृष्ण अधिकारी र तृतिय स्थान पनि सोही विद्यालयका छात्र सचिन गैरेले हात पार्नुभएको वडा अध्यक्ष अर्यालले जानकारी दिनुभयो । वडा अध्यक्ष अर्यालले सामाजिक दुरिलाई कायम नै राखी बालमैत्री वडा हाम्रो प्रतिबद्धता भन्ने मुल सार तत्व बोकेर हिडेका बताउनुभयो । यसको लागि सबैको साथ सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । त्यस्तै शिक्षा शखा प्रमुख भट्टराईले लामो समय लकडाउन हुदाँ पनि बालबालिकाको सिर्जनात्मक क्षमतामा कुनै असर नपरेको देखेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।
कार्यक्रम वडा बाल सहजकर्ता उदयराज तिवारीको संचालन मा भएको थियो।



खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया