

रुपन्देहीमा विप्लव समुहले लियो घर कब्जामा



रुपन्देही । विप्लब निकट नेकपा माओवादीका कार्यकर्ताले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ५ मिलनचोकस्थित ’मिटरब्याजी’ रमानन्द बानियाँको घर कब्जामा लिएको छ । मिटरब्याजी पीडितहरुको आग्रहमा स्थानीयसहितको उपस्थितिमा नेकपाले उक्त घर नियन्त्रणमा लिएको जनाएको छ ।
मिटरब्याजी बानियाँले रुपन्देहीका झण्डै डेढ सयभन्दा बढी किसानहरुलाई न्युनतम ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर कपाली तमसुक,दृष्टिबन्दक गराएर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको उजुरी आएको नेकपाको दावी छ ।
बानियाँले झण्डै ७६ जना किसानहरुलाई ऋण दिँदा ५० प्रतिशत बढी ब्याजसमेत लगाएको विवरणमा सार्वजनिक गरिएको छ ।
भैरहवा, लुम्बिनी सांस्कृतिक र तिलोतमा नगरपालिका आसपासमा दर्जनौं किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा मिटर ब्याजमार्फत करोडौं असुलेको पीडितहरुले बताएका छन् ।बानियाले नक्कली कागज तयार पारेर ऋणीहरुलाई ल्याप्चे लगाई अकुत ब्याज लिएको दावी गरिएको छ ।
भनेको मितिमा पैसा नदिएका ऋणीलाई अर्को कागज तयार पारी ऋण रकममा थप २५ देखि ५० प्रतिशत थपेर सावा रकम बनाएका तथ्यहरु रहेको पीडितले बताएका छन् । बानियाँले अदालती अस्त्र प्रयोग गरेर दर्जनौं किसानलाई उठिबास लगाएका छन्,कैयौंले घर छाडेर आफन्तको सरण लिएर बस्न बाध्य भएका दावी गरिएको छ ।
बानियाँको ठगी धन्दाका बारेमा झण्डै ६२ जनाले जिल्ला प्रशासन कार्यालय उजुरी दिएका छन् । २०७४ सालबाट पटकपटक उजुरी दिएपनि प्रशासनले वेवास्ता गरेपछि पीडित ऋणीहरुले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएका थिए । नेकपामा उजुरी परेपछि पार्टीले पीडितहरु संग भएका प्रमाण र अनुसन्धानले बानियाँले किसानसंग करोडौं ब्याज मिटर व्याजमार्फत असुली गरेको देखिएको दावी सो पार्टीको छ ।
पीडित ऋणी, स्थानीयसहितको उपस्थितिमा नेकपाले शनिबार भैरहवास्थित मिलनचोक र बुद्धचोकमा रहेको बानियाँको घर कब्जामा लिएको हो । प्रदर्शनसहित बानियाँको घर पुगेको टोलीले घर कब्जासहित बिरोध सभा आयोजना गरेको थियोे ।
सभामा नेकपामा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज सरद सी,जिल्ला सेक्रेटरी बिरेन्द्र सी, जिल्ला सचिवालय सदस्य शिशिर सी लगायतमा नेताहरूले सम्बोधन गरेका थिए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया