करेन्ट लागेर कपिलवस्तुका एक सहित ३ जनाको मृत्यु

कपिलवस्तु । बाटोको नाली बनउन मिक्चर मेसिन चलाउने क्रममा करेन्ट लाग्दा कपिलवस्तुमा एक जनाको ज्यान गएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–४ सिर्सिहवास्थित बाटोको नाली बनाउनको लागि मिक्सर मेसिन चलाउने क्रममा बिजुलीको तारमा छोई करेन्ट लागेर २४ वर्षीय युवकको ज्यान गएको प्रहरीले जनाएको हो ।

बिजयनगर गाउँपालिका–५ जोगिनिया बस्ने २४ वर्षीय अलाउजिन धुनियाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको थियो । सोही स्थानमा करेन्ट लागेर सामान्य घाइते भएका अन्य ७ जना स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यस्तै उता बाँकेको नेपालगंज उपमहानगरपालिका–१६ जयसपुर बस्ने अज्जन सैयादको छोरा १ वर्षीय जयन्त सैयादको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।

यता दाङको राजपुर गाउँपालिका–७ राटाकास बस्ने भक्त बहादुर विकको छोरा १३ वर्षीय तामुयल विकको करेन्ट लागेर बुधबार राति मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै