

बिपरजोय चक्रवातले आगामी ६ घण्टामा भीषण रूप लिने



नयाँ दिल्ली
बिपरजोय चक्रवात आगामी ६ घण्टामा ‘अत्यन्त भीषण चक्रवाती आँधी’ मा परिणत हुने भारतीय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवाती आँधी बिपरजोयले जुन १५ सम्म पाकिस्तानको तटीय क्षेत्र र छेउछाउको सौराष्ट्र र कच्छसम्म निकै भीषण रूप लिएर पुग्न सक्छ ।
पछिल्लो छ घण्टादेखि पाँच किलोमिटर प्रतिघण्टाको गतिमा आँधी चलिरहेको छ । तर अबको केही समयमा यसका कारण अरब सागरमा १५५ देखि १६५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्छ । अगाडि बढ्दा हावाको गति १९० किलोमिटर प्रतिघण्टा पुग्न सक्छ ।
केही दिनयता अरब सागरमा ‘साइक्लोनिक एक्टिभिटी’ देखिएको छ । बिस्तारै बलियो बन्दै गएको बिपरजोय चक्रवात आगामी दिनमा गुजरातको तटीय क्षेत्र नजिक आउनेछ । आँधीबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै भारतीय मौसम विज्ञान विभागले गुजरातको तटीय क्षेत्रका माछा मार्नेहरूका लागि एडभाइजरी नै जारी गरेको छ। जुन १५ सम्म पश्चिम–मध्य अरब सागर र जुन १२ देखि १५ सम्म उत्तर अरब सागर र छेउछाउको मध्य अरब सागरमा माछा मार्न नजान आग्रह गरिएको छ ।
सौराष्ट्र र कच्छमा, माछा मार्नेहरूलाई जून १५ सम्म तटबाट टाढा रहन सल्लाह दिइएको छ। आगामी चार दिनको पूर्वानुमान अनुसार चक्रवातका कारण गुजरातको तटीय क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यससँगै आगामी पाँच दिनसम्म सौराष्ट्र–कच्छ र दिवका सबै जिल्लामा ३० देखि ५० किलोमिटरको गतिमा हावा चल्ने छ ।
बीबीसी हिन्दी


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया