

अखण्ड भारतको नक्सामा नेपालका भूभागहरु समावेश : रुपन्देही एमालेद्धारा आपत्ती





रुपन्देही। भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएको भन्दै नेकपा (एमाले) रुपन्देहीले गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम उल्लेख गरिएको छ ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र कसीले एक विज्ञप्ती जारी गर्दै भारतले हालै उद्घाटन गरेको नयाँ संसद भवनमा राखिएको उक्त नक्सामा विश्वमै प्रख्यात नेपालको रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भू–भाग कपिलवस्तुलाई पनि समावेश गरिएको खवर सार्वजनिक हुनु आपत्तिजनक रहेको उल्लेख गर्नुभएको छ । विज्ञप्तीमा यसबारेमा नेपाल सरकारको धारणा यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरिएको छ ।
ूनेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भु–भाग समेटेर नयाँ नक्सा जारी गरेको र सो नक्सा अनुसार नेपालको भु–भाग अझै फिर्ता नआइसकेको सन्दर्भमा नेपालको भूमि फिर्ता गर्नुको साटो थप भु–भागलाई आफ्नो नक्सामा राखेर भारतले छिमेकी मित्र राष्ट्रप्रति देखाएको हेपाहा प्रवृत्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दछौं,ू विज्ञप्तीमा उल्लेख छ ।
यस्ता गम्भीर र विवादास्पद विषयप्रति समयमै सम्वेदनशील बन्न, यसप्रति तत्काल भारत सरकारसँग आपत्ति जनाउन र उक्त नक्साबाट नेपालको भु–भाग हटाउनेतर्फ ठोस पहल गर्न एमाले रुपन्देहीले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया