

कपिलवस्तुमा सुरु भयाे भ्रष्टाचार बिरुद्ध जनदबाब, युवाहरुले थाले बिराेध प्रदर्शन





कपिलवस्तु
कपिलवस्तुमा भ्रष्ट्राचार बिरुद्ध जनदवाब स्वरुप सचेत नागरिक समुहले शनिबार बिरोध तथा प्रर्दशन गरेको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका स्थित गोरुसिँगेमा जम्मा भएका सचेत नागरिक समुहका युवाहरुले स्थानीय तह देखि केन्द्र सरकार सम्म नै भ्रष्टाचार बिरुद्ध जनदवाब दिनुपर्ने बताएका छन् ।
बुद्धभुमि नगरपालिका वडा नम्बर २ सिथ्त गोरुसिँगेको लुम्बिनी होटल अगाडीबाट र्याली सुरु भई सर्पदशं उपचार केन्द्र सम्म पुगि कोणसभा गरिएको थियो । उक्त कोणसभामा सहभागीहरुले हातमा प्लेकार्डहरु बोकेका थिए । उनीहरुले भ्रष्टाचारीलाई कार्वाही गर, राम्रो कामलाई सधै साथ प्रहरी प्रशासनलाई धन्यवाद, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई राष्ट्रिय ठगहरुलाई कार्वाही गर, स्थानीय देखि केन्द्र सम्मका जनप्रतिधि र कर्मचारीहरुको सबैको सम्पति सार्वजनिक गर, सबैखाले भ्रष्टाचार र कालो बजारीयालाई कार्वाही गर लगाएत नारा लेखिएका प्लेकार्ड प्रर्दशन समेत गरेका थिए ।

अहिले देशमा भ्रष्टाचार र भ्रष्टाचारी आतंक बढीरहेको र यसले सामान्य निमुखा नागरिकहरु दिन प्रतिदिन गरिब भइरहेको भन्दै जनदबाव सिर्जना गर्न यो बिरोध गरिएको बिरोध प्रर्दशनमा सहभागी थानेश्वर अर्याल अच्युतले बताए । उनले भ्रष्टाचार गर्ने जो कोही पनि कार्वाहीको दायरामा आउनुपर्ने माग पनि गरेका छन् ।
उक्त बिरोध कार्यक्रममा रुपकराज खनाल, रमेशचन्द्र भुषाल, मधव पराजुली, रबि ठाकुर, दुर्गा अधिकारी लगाएतले सम्बोधन गरेका थिए ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प












प्रतिक्रिया