

भैरहावबाट जजिराले पुनः उडान थाल्दै


काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा उडान रोकेको कुवेतको जजिरा एयरवेजले जेठ १ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । प्रतिकुल मौसम भएको भन्दै पुस ६ गतेदेखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः फागुन २५ गतेदेखि हप्ताको तीन उडान थालेको जजिरा एयरवेजले वैशाख ६ गतेदेखि उडान रोकेको थियो ।
भैरहवा विमानस्थल महानिर्देशक हंसराज पाण्डेका अनुसार जजिराले आन्तरिक कारण देखाउँदै उडान रोकेको हो । उहाँले भन्नुभयो, “जजिराले वैशाख ६ गते अन्तिम उडान गरेको थियो । वैशाख ८ र १० गतेको उडान व्यावसायिक कारणले रद्द गरेको जानकारीपछि वैशाख २५ देखि नियमित उडान गर्ने जानकारी आएको थियो तर उक्त मितिमा समेत उडान नगरेको कम्पनीले जेठ १ गतेदेखि उडान गर्ने जानकारी गराएको छ ।”
जजिराले गौतम बुद्ध विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै कुवेतमा सातामा तीन उडान गर्दै आएको थियो । जजिराले भैरहवाबाट राति २ बजे उडान भरेर त्यहाँको समय अनुसार बिहान ४ बजे कुवेतमा अवतरण हुँदै आएको थियो । नेपालबाट कुवेत ट्रान्जिट भएर जाने यात्रु धेरै हुने र त्यहाँबाट ट्रान्जिटका उडान बेलुका ३ बजेबाट मात्रै हुने भएकोले यात्रुको सहजताका लागि उडान तालिका व्यवस्थापनसहित सोमबारदेखि पुनः उडान सुचारु हुने महानिर्देशक पाण्डेले जानकारी दिनुभयो । आजको गाेरखापत्रमा समाचार छ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया