

भैरहावबाट जजिराले पुनः उडान थाल्दै



काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा उडान रोकेको कुवेतको जजिरा एयरवेजले जेठ १ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । प्रतिकुल मौसम भएको भन्दै पुस ६ गतेदेखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः फागुन २५ गतेदेखि हप्ताको तीन उडान थालेको जजिरा एयरवेजले वैशाख ६ गतेदेखि उडान रोकेको थियो ।
भैरहवा विमानस्थल महानिर्देशक हंसराज पाण्डेका अनुसार जजिराले आन्तरिक कारण देखाउँदै उडान रोकेको हो । उहाँले भन्नुभयो, “जजिराले वैशाख ६ गते अन्तिम उडान गरेको थियो । वैशाख ८ र १० गतेको उडान व्यावसायिक कारणले रद्द गरेको जानकारीपछि वैशाख २५ देखि नियमित उडान गर्ने जानकारी आएको थियो तर उक्त मितिमा समेत उडान नगरेको कम्पनीले जेठ १ गतेदेखि उडान गर्ने जानकारी गराएको छ ।”
जजिराले गौतम बुद्ध विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै कुवेतमा सातामा तीन उडान गर्दै आएको थियो । जजिराले भैरहवाबाट राति २ बजे उडान भरेर त्यहाँको समय अनुसार बिहान ४ बजे कुवेतमा अवतरण हुँदै आएको थियो । नेपालबाट कुवेत ट्रान्जिट भएर जाने यात्रु धेरै हुने र त्यहाँबाट ट्रान्जिटका उडान बेलुका ३ बजेबाट मात्रै हुने भएकोले यात्रुको सहजताका लागि उडान तालिका व्यवस्थापनसहित सोमबारदेखि पुनः उडान सुचारु हुने महानिर्देशक पाण्डेले जानकारी दिनुभयो । आजको गाेरखापत्रमा समाचार छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया