

कपिलवस्तुमा जग्गा किर्ते तथा जालसाझी आरोपमा दुईजना पक्राउ


कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटावाट जग्गा किर्ते तथा जालसाझी गरेको आरोपमा दुईजना पक्राउ परेका छन । शिवराज नगरपालिका वडा न ११ थुन्हिया बस्ने कानुन तथा लेखापढि व्यवसायी समीती ईकाई चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र उनका सहयोगी रामप्रताप यादव पक्राउ परेका हुन ।
अध्यक्ष कुर्मी र उनका सहयोगी यादवले साविक विरपुर गाविस वडा न ९ स्थीत मुकेश यादवको नाममा रहेको ११ धुर जग्गा जग्गाधनी यादवलाई जानकारी नै नगराई नक्कली राजीनामा वनाएर ठगी गरेको आरोपमा वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरेको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका वडा न ११ बस्ने रेखा लोहारलाई जग्गा धनी मुकेश यादवको जग्गाबारे जानकारी नगराई राजनीमा तयार गरेर उनीहरुले रकम असुल गरेका थिए । आरोपी कुर्मी चौधरीले पिडीत लोहारलाई मालपोत कार्यलय चन्द्रौटामा लगेर जग्गाको मोठ भिडाएको नाटक गरी नक्कली राजीनामा तयार गरेका थिए ।
चौधरीले पिडित लोहारलाई जग्गा पास भएको भन्दै दुई दिनमा जग्गाधनी पुर्जा उपलव्ध गराउने वताएका थिए । कार्यालय समय सकिएकाले दुई दिनमा आफै पुर्जा लिएर आउने बताएका चौधरीले चार दिन बित्दा समेत पुर्जा नआएपछि आफु ठगिएको अनुभव भएको वताईन ।
पिडित लोहारले आफु ठगिएको पता लागेपछि वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएकी थिईन । उजुरी पछि वडा प्रहरी कार्यालय चन्द्रौटाले चौधरी र यादवलाई पक्राऊ गरेको हो । प्रहरीले मालपोत कार्यालय चन्द्रौटालाई पत्र पठाई राजीनामा स्वीकृत गर्ने अधिकारीको हस्ताक्षरको वास्वीकता, जग्गाको श्रेस्ताको विवरण झिकाएको छ ।
जवाफमा मालपोत कार्यालय चन्द्रौटाले मालपोतका अधिकारीको हस्ताक्षर नभएको , उतm जग्गाको किर्ते तथा जालसाझी गरी राजीनामा तयार गरिएकाले कानुनी कारवार्हीको लागी पत्राचार गरिएको मालपोत कार्यालय चन्द्रौटाका प्रमुख लक्षमण चालीसेले वताउनुभयो ।
गएको बिहिबार पक्राउ परेका चौधरी र यादवलाई थप अनुसन्धानको लागी जिल्ला अदालत कपिलवस्तुमा म्याद थपको लागी लगिएको प्रहरीले जनाएको छ । पत्रकार सनिउल्ला धोवीले समाचार लेखेका छन् ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया