

सैनामैनामा झारफुक घटना प्रकरणः एक जना थुनामा, अरु सवै रिहा


बुटवल । रुपन्देहीमा झारफुकबाट बालिकाको मृत्यु प्रकरणमा संलग्न महिलालाई थुनामा राख्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको छ ।
जिल्लाको सैनामैना नगरपालिकामा झारफुकबाट बालिकाको मृत्यु भएको थियो । सो प्रकरणमा अदालतले बुधबार एक जनालाई थुनामा राख्न र अन्यलाई छाड्न आदेश दिएको हो ।
गत फागुन २० गते सैनामैना–१० फुलबारीकी १४ वर्षिया सिता ज्ञवालीको झारफुकको चरम यातनापछि मृत्यु भएको थियो । प्रहरीले अनुसन्धानका लागि घरपरिवारदेखी मवालीसम्मका आफन्तलाई पक्राउ गरी थुनामा राखेको थियो । जिल्ला अदालत रुपन्देहीको आदेशमा माता भनिने रेश्मी थापालाई पुर्पक्षका लागि जेल चलान गरिएको र अन्यलाई धरौटी तथा साधारण तारेखमा छोडिएको छ । प्रहरीले उक्त घटनामा प्रत्यक्ष संलग्न रहेको भनिएकी सोनिया रेश्मी, बालिकाका बाबु तारा ज्ञवाली र आमा लिलासहित छिमेकी तथा आफन्त गरी १८ जनालाई अनुसन्धानका लागि पक्राउ गरी मुद्दा चलाएको थियो ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बालिकाका बुबा तारा, आमा लीला, भिडिओ खिच्ने ईश्वरी ज्ञवाली र अटोमा माताको घर लग्ने निमकला पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन् । अन्य १३ जना भने साधारण तारेखमा छुटेका छन् ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया